रवि लामिछाने ज्युँदो छँदासम्म रास्वपाको सभापति हो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन् । पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनले यस्तो बताएका हुन् ।
पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै डीपीले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’
उनले रवि जेलमा पुगेपनि रास्वपाको नेतृत्व गर्ने बताए । ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,’ उनले भने, त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’
अर्यालले जेलमा बसेर पार्टी चलाएका संसारमा उदाहरण धेरै भएको भन्दै प्रधानमन्त्रीको कुर्सीमै रहेकाहरूले पनि जेलबाट देश चलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण