युक्रेनको जोड शान्तिमा हुनुपर्छ, भूगोलमा होइन : ट्रम्पका सहयोगी
वासिङटन डीसी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता लिनभन्दा पनि देशमा शान्ति स्थापना गर्न सघाउने ट्रम्पका एक पूर्व सल्लाहकारले भनेका छन् ।
ट्रम्पको पछिल्लो चुनावी अभियानमा काम गरेका ब्रायन लान्जाले भने । ट्रम्पको आगामी प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिको वास्तविक भिजनबारे उनको धारणा सोधिने उनले बताए ।
जेलेन्स्की वार्ताको टेबलसम्म आए भने शान्ति मात्रै हुने र क्रिमियाका कुरा उठाए भने उनी गम्भीर छैनन् भन्ने बुझिने पनि उनले बताए । क्रिमिया युक्रेनको हातबाट फुत्किसकेको र यो फर्केर नआउने पनि उनले बताए । ट्रम्पका एक प्रवक्ताले भने लान्जाले बोलेको कुरा उनको निजी राय भएको र यो ट्रम्पको बोली नभएको बताएका छन् ।
रुसले सन् २०१४ मा क्रिमियालाई अलग्याएको थियो । ८ वर्षपछि यसले युक्रेनमाथि पूर्ण स्तरको हमला गर्यो र पूर्वी युक्रेनको केही भूभाग आफ्नो कब्जामा लिएको छ । ट्रम्पले आफ्नो प्राथमिकता युद्ध अन्त्य गर्ने भएको बताइरहेका छन् । तर युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे उनको ठोस योजना आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण