एनआरएनए इजरायलले अन्तर्राष्ट्रियस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले अन्तर्राष्ट्रियस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । १४ डिसेम्बर २०२४ मा विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबिच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीयलाई एक लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
इजरायललगायत विश्वका विभिन्न देशहरूमा वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न सिलसिलामा बसोबास गर्दै आएका नेपालीहरूले सहभागिता जनाउन पाउने संघका महासचिव अलि मोहम्मद मियाले जानकारी दिए ।
प्रतियोगिता अनलाइन माध्यमबाट हुनेछ । त्यसका लागि अनलाइन मार्फत नै फाराम भर्न सकिने र दर्ता शुल्क २० यूरो तथा ५० सिकेल (इजरायली रूपैयाँ) तोकिएको छ ।
समृद्ध नेपाल, गैरआवासीय नेपालीहरूको भूमिका, गैरआवासीय नेपालीहरूको साझा अभियान : वैदेशिक सिकाई र लगानी हाम्रो स्वाभिमान लगायतका विषयमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण