सस्तो मूल्यमा ल्यापटप मिलाइदिन्छु भन्दै २७ लाख रुपैयाँ ठगी
आइतबार, २५ कात्तिक २०८१, १९ : ३५
काठमाडौँ । अनलाइनमार्फत सस्तोमा ल्यापटप उपलब्ध गराइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ बस्ने २९ वर्षीय सुजन पौडेल रहेका छन् ।
पौडेलसमेत अन्य व्यक्तिहरूले सस्तोमा ल्यापटप मिलाइदिन्छु भन्दै पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रुपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गरेका थिए । पौडेललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौँको ठमेलस्थित नरसिंह चोकबाट पक्राउ गरेको हो ।
पौडेलमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण