प्रमुख प्रशिक्षक इभान पदबाट बर्खास्त, एकै सिजन तेस्रो प्रशिक्षकको खोजीमा रोमा
काठमाडौँ । इटालियन सिरिए क्लब रोमाले प्रमुख प्रशिक्षक इभान जुरिकलाई छोटो समयमै पदबाट बर्खास्त गरेको छ । इटालियन सिरिएअन्तर्गत आइतबार राति घरेलु मैदानमा खेलिएको खेलमा बोलोग्नासँग हार भोगेपछि रोमाले प्रशिक्षक इभानलाई पदबाट हटाएको हो ।
उक्त खेलमा बोलोग्नाले रोमालाई ३–२ गोलले हराएको थियो । जारी सिजनको लिगमा रोमाले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । हालसम्म १२ खेल खेलेको रोमा १३ अंक जोड्दै तालिकाको १२औँ स्थानमा आसिन छ । रोमाले तीन जित, चार बराबर र पाँच हारको नतिजा निकालेको छ ।
४९ वर्षीय प्रमुख प्रशिक्षक इभानलाई पदबाट बर्खास्त गरेपछि रोमा यो सिजन तेस्रो प्रशिक्षकको खोजिमा जुटेको छ । क्रोएसियन नागरिक इभानले १२ वटा खेलमा मात्र रोमाको प्रशिक्षकको भूमिका निर्वाह गरे ।
इभान गत सेप्टेम्बरमा रोमाको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि ड्यानियल डी रोस्सी रोमाका प्रमुख प्रशिक्षक थिए । रोस्सी पनि आठ महिनामात्र रोमाको प्रशिक्षक बने । इभान जुरिकको प्रशिक्षकत्वमा रोमाले चार खेलमा जित, तीन खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकाल्यो ।
‘प्रमुख प्रशिक्षकको भूमिकामा इभानले टोलीका लागि महत्वपूर्ण योगदान पु¥याउनु भयो । यसका लागि हामी उहाँप्रति आभारी छौँ,’ रोमाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रोमाले इटालीको राष्ट्रिय टोली र म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक रोबर्ट मान्सिनीलाई भित्राउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण