डोनाल्ड ट्रम्प र जर्मन चान्सलरबिच फोनमा कुराकानी
वासिङ्टन डीसी । आइतबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जसँग फोनमा कुराकानी गरेका छन् । जर्मन सरकारका प्रवक्ताले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रवक्ता स्टेफन हेबस्ट्रेटका अनुसार, ‘स्कोल्ट्ज र ट्रम्प युरोपमा शान्ति फर्काउने दिशामा मिलेर काम गर्न सहमत भएका छन् ।’ वार्तामा दुई नेताले जर्मनी र अमेरिकाबिचको सम्बन्ध र वर्तमान भूराजनीतिक चुनौतीहरूमा आफ्नो विचार साझा गरेको हेबस्ट्रेट बताउँछन् ।
जर्मन चान्सलरले गत हप्ता बुधवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति निर्वाचन जितेकोमा ट्रम्पलाई बधाई दिएका थिए । आफ्नो बधाई सन्देशमा उनले नेटो अनि जर्मन–अमेरिकी मित्रतालाई थप बलियो बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले आफ्नो चुनावी जीत पछि विश्वका ७० भन्दा बढी शीर्ष नेताहरूसँग कुराकानी भएको गत हप्ता एनबीसी न्युजलाई गत हप्ता बिहीबार डोनाल्ड ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण