अन्तिम खेल राजविराज र शृंखला विराटनगरले जिते
काठमाडौँ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सोमबार फाहुना टोली राजविराज विजयी भएको छ ।
अन्तिम खेलमा राजविराज विजयी भए पनि तीन खेलको शृंखला भने विराटनगरले २–१ ले जितेको छ । शृंखलाको पहिलो र दोस्रो खेलमा विराटनगर विजयी भएको थियो । सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो राजविराजले घरेलु टोली विराटनगरलाई आठ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि रानु राजवंशीले २२ र काजल राजवंशीले १० रनको योगदान गरे । राजविराजकी सुस्मिता यादवले दुई तथा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको राजविराजले १७.१ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । राजविराजका लागि प्लेयर अफ दि म्याच घोषित साक्षी यादवले ५४ बलमा एक छक्का र ६ चौकाको मद्दतले अविजित ५६ रन बनाइन् ।
बन्दना यादवले पनि अविजित आठ रनको योगदान गरिन् । विराटनगरकी सानु राजवंशीले एक विकेट लिइन् । राजविराजकी साक्षी यादव प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भइन् । राजविराजकी अपेक्षा यादव प्रतियोगिताको उत्कृष्ट बलर घोषित भइन् ।
प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण