वैदेशिक रोजगारको आवरणमा १२ लाख ठगेको आरोपमा ३ जना पक्राउ
सोमबार, २६ कात्तिक २०८१, १९ : २०
काठमाडौँ । वैदेशिक रोजगारको आवरणमा ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ घर भएकी २२ वर्षीया सिता बुढा र झापा घर भएका २६ वर्षीय मनिश खड्का छन् ।
केसीले ४ जना पीडितलाई क्रोएसिया पठाउँछु भनेर ८ लाख २५ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
भक्तपुरको सूर्यविनायक बस्दै आएकी बुढाले युके पठाउँछु भनेर २ लाख र मनिश खड्काले क्रोएसिया पठाउँछु भनेर २ लाख २५ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण