मन्त्रिपरिषद्को निर्णय भएन कार्यान्वयन, जोडिएन उद्योगमा लाइन
काठमाडौँ । कोरम नपुगेर नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले औपचारिकता नपाएपछि सोमबार उद्योगमा लाइन जडान भएको छैन । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने र २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयनका लागि सोमबार प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर ८ सदस्य रहेको सञ्चालक समितिका जम्मा ४ जना मात्रै सहभागी भएपछि बैठकले औपचारिक निर्णय गर्न नसकेसँगै प्राधिकरणले यसअघि काटेका उद्योगको लाइन जडान हुन नसकेको हो । उद्योगको लाइन जडान नभएपछि मन्त्रिपरिषद्को निर्णय पनि सोमबार कार्यान्वयन नभएको प्राधिकरणका एक अधिकारीले बताए ।
अनौपचारिक रूपमा बसेको सञ्चालक समितिको बैठकमा प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङले लाइन जोड्न नसकिने अडान सुनाएका थिए । ऊर्जामन्त्री दीपक खड्काले बहुमतका आधारमा भए पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि समितिमार्फत दबाब दिन खोजे पनि कोरम नपुगेर बैठक स्थगित हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण