मन्त्रिपरिषद्को निर्णय भएन कार्यान्वयन, जोडिएन उद्योगमा लाइन

काठमाडौँ । कोरम नपुगेर नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले औपचारिकता नपाएपछि सोमबार उद्योगमा लाइन जडान भएको छैन । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने र २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयनका लागि सोमबार प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर ८ सदस्य रहेको सञ्चालक समितिका जम्मा ४ जना मात्रै सहभागी भएपछि बैठकले औपचारिक निर्णय गर्न नसकेसँगै प्राधिकरणले यसअघि काटेका उद्योगको लाइन जडान हुन नसकेको हो । उद्योगको लाइन जडान नभएपछि मन्त्रिपरिषद्को निर्णय पनि सोमबार कार्यान्वयन नभएको प्राधिकरणका एक अधिकारीले बताए ।
अनौपचारिक रूपमा बसेको सञ्चालक समितिको बैठकमा प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङले लाइन जोड्न नसकिने अडान सुनाएका थिए । ऊर्जामन्त्री दीपक खड्काले बहुमतका आधारमा भए पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि समितिमार्फत दबाब दिन खोजे पनि कोरम नपुगेर बैठक स्थगित हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म