मधेसी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ : उपेन्द्र यादव

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताएका छन् ।
मधेसी समुदायले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरूको संघर्ष जारी नै रहने अध्यक्ष यादवले बताए ।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढीमाई नगरपालिका –८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
राज्यले सधैँ मधेस र मधेसी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेसमा सोचे जस्तो विकास हुन नसकेको तथा मधेसी जनता अझै अधिकारसम्पन्न हुन नसकेको उनले बताए ।
देशको आधीभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकाशमा मधेस पछाडि परेको उनले बताए ।
मधेसमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाइ थियो ।
मधेसी जनताले मधेसबाट कांग्रेस र कम्युनिस्टलाई परास्त नगरेसम्म मधेसीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछाडि परेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते