काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा
मङ्गलबार, २७ कात्तिक २०८१, १० : १७
_i7UHtTDssv.jpg)
काठमाडौँ । मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ ।
आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । त्यहाँ एक्यूआई ७७३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई ३११ रहेको छ ।
त्यसपछि शीर्ष स्थानमा क्रमशः कंगोको किनसासा, उज्बेकिस्तानको तास्केन्त, भियतनामको हानोई, इजिप्टको कायरो, बहराइनको मानामा, बोस्निया हर्जगोविनाको साराजेभो र भारतको मुम्बई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का