अन्तरिक्षबाट पनि देखिन्छ पाकिस्तानको वायु प्रदूषण
लाहोर । गत महिनादेखि पूर्वी पाकिस्तान र उत्तर भारतमा लागेको बाक्लो र विषाक्त तुवाँलो कीर्तिमानी स्तरमा पुगेको छ । त्यहाँको वायु प्रदूषण यति खराब अवस्थामा पुगेको छ कि त्यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ ।
पाकिस्तानको पञ्जाब प्रान्तलाई बाक्लो तुवाँलोले ढाकेको छ जुन पूर्वमा भारतको राजधानी नयाँ दिल्लीसम्म फैलिएको छ । नासाको वर्ल्ड भ्यू इमेजरीको तस्बिरबाट यो देख्न सकिन्छ ।

वायु प्रदूषणका कारण पाकिस्तानका अधिकारीहरूले स्कुलदेखि सार्वजनिक स्थानहरू बन्द गरेका छन् । पाकिस्तानी सहर लाहोर र मुल्तानका तस्बिरहरूमा सहरको सडकमा बाक्लो तुवाँलो लागेको देखिएको छ । त्यसले गर्दा केही किलोमिटर टाढासम्म पनि देख्न गाह्रो छ ।
गत हप्ता पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा एयर क्वालिटी इन्डेक्स कयौँ पटक १ हजारभन्दा माथि पुगेको आईक्यू एयरले जनाएको थियो । यो सूचकाङ्क ३ सयभन्दा माथि पुग्दा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

सोमबार मुल्तानमा मानव स्वास्थ्यका लागि खतरनाक मानिने प्रदूषणका कण पीएम २.५ विश्व स्वास्थ्य संगठनले सुरक्षित ठहर गरेको तहभन्दा ११० गुणा बढी पाइएको छ । पीएम २.५ हाम्रो फोक्सोको तन्तुहरू हुँदै हाम्रो रगतसम्म पुग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण