अन्तरिक्षबाट पनि देखिन्छ पाकिस्तानको वायु प्रदूषण

लाहोर । गत महिनादेखि पूर्वी पाकिस्तान र उत्तर भारतमा लागेको बाक्लो र विषाक्त तुवाँलो कीर्तिमानी स्तरमा पुगेको छ । त्यहाँको वायु प्रदूषण यति खराब अवस्थामा पुगेको छ कि त्यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ ।
पाकिस्तानको पञ्जाब प्रान्तलाई बाक्लो तुवाँलोले ढाकेको छ जुन पूर्वमा भारतको राजधानी नयाँ दिल्लीसम्म फैलिएको छ । नासाको वर्ल्ड भ्यू इमेजरीको तस्बिरबाट यो देख्न सकिन्छ ।
वायु प्रदूषणका कारण पाकिस्तानका अधिकारीहरूले स्कुलदेखि सार्वजनिक स्थानहरू बन्द गरेका छन् । पाकिस्तानी सहर लाहोर र मुल्तानका तस्बिरहरूमा सहरको सडकमा बाक्लो तुवाँलो लागेको देखिएको छ । त्यसले गर्दा केही किलोमिटर टाढासम्म पनि देख्न गाह्रो छ ।
गत हप्ता पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा एयर क्वालिटी इन्डेक्स कयौँ पटक १ हजारभन्दा माथि पुगेको आईक्यू एयरले जनाएको थियो । यो सूचकाङ्क ३ सयभन्दा माथि पुग्दा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सोमबार मुल्तानमा मानव स्वास्थ्यका लागि खतरनाक मानिने प्रदूषणका कण पीएम २.५ विश्व स्वास्थ्य संगठनले सुरक्षित ठहर गरेको तहभन्दा ११० गुणा बढी पाइएको छ । पीएम २.५ हाम्रो फोक्सोको तन्तुहरू हुँदै हाम्रो रगतसम्म पुग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल सुरु गर्न ढिला गरेको भन्दै सिटीमाथि १० लाख पाउन्ड जरिवाना
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
गुगललाई ४.१ अर्ब युरो जरिवाना लगाउने निर्णयको युरोपेली सङ्घले गर्यो समर्थन
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा