ट्रम्पले माइकल वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने अपेक्षा
वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले फ्लोरिडाका सांसद माइकल वाल्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने बताइएको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सीबीएसले समाचार छापेको छ ।
वाल्ज लामो समयदेखि ट्रम्पका समर्थक हुन् । यस पटकको राष्ट्रपतिको निर्वाचनमा वाल्जले खुला मनले ट्रम्पलाई सघाएका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकार अमेरिकी प्रशासनमा महत्त्वपूर्ण पद हो ।
यो पदमा बस्ने व्यक्तिले राष्ट्रिय सुरक्षाको मामिलामा राष्ट्रपतिलाई सल्लाह सुझाव दिन्छन् । अमेरिकामा नियुक्तिका लागि सिनेटको अनुमोदन नचाहिने केही पद छन् । यो पनि त्यही पदहरूमा पर्छ । राष्ट्रपतिमा निर्वाचित व्यक्तिले आफ्नै मनखुसी/विवेकमा यो भूमिकाका लागि व्यक्ति नियुक्त गर्न सक्छन् ।
इजरायल र हमास अनि युक्रेन र रुसबीच जारी युद्धका बीचमा वाल्जलाई यो भूमिका चुनौतीपूर्ण हुने अनुमान गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण