विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धनमा जोड
काठमाडौँ । खाद्यका लागि कृषि अभियानले विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएको छ । विश्व खाद्य दिवस २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायन, विषादी रहित खेती प्रणालीको आवश्यकता महशुस गराउन कार्यक्रम आयोजना गरेको बताए । खाद्यका लागि कृषि अभियान पर्यावरण र प्रकृतिको बारेमा चासो राख्ने सम्पूर्णको साझा अभियान भएको उल्लेख गरे । उनले अभियानले साना सिमान्तकृत किसानको बारेमा, मानव स्वास्थ्यको बारेमा, पर्यावरणमैत्री खेती प्रणालीको बारेमा वकालत गर्दै आइरहेको तर्क राखे ।
कार्यक्रममा सिल्पि थ्रिएटरसँगको सहकार्यमा निर्माण गरिएको नाटक सट्टापट्टाको प्रदर्शन गरिएको थियो । नाटकमा कृत्रिम रसायन र विषादीले हावा पानी र माटो विशाक्त भएको र दिर्घकालमा मानिस पनि कृत्रिम हुन सक्ने विषय उठाइएको थियो । नाटक समापनले समकालिन संकट प्रदर्शन गरेको र यसको उपाय खोज्न सबै लाग्न पर्ने नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेले बताए ।
कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले धेरै अघि विषादी र रसायनले बढाएको संकटलाई मध्यनजर गरेरै आइ पि एम खेती प्रणाली प्रोत्साहन गरेको दाबी गरे ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय, खाद्य दिवस मुल समारोह समितिको सहकार्यमा विश्व खाद्य दिवस २०२४ सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण