ट्रम्प र पुटिनबिच फोन वार्ताको दाबी झुटो : रुस
क्रेमलिन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको टेलिफोन वार्तालाई लिएर अनेकौँ अड्कलबाजी भइरहेको छ ।
यसैबीच, क्रेमलिनका प्रवक्ताले डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनलाई फोन गरेको र यस क्रममा दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको गत हप्ताको दाबीलाई अस्वीकार गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई पूर्णतया गलत सूचना भनेका छन् ।
ट्रम्प र पुटिनबिच कुनै फोन वार्ता नभएको पनि उनले बताए । ट्रम्पले पुटिनलाई फ्लोरिडास्थित निजी आवास तथा रिसोर्ट मार–ए–लागोबाट फोन गरेको भन्दै वासिङ्टन पोस्टले एउटा समाचारमा दाबी गरेको थियो ।
यस क्रममा दुवैले युक्रेन युद्धको समाधानका लागि छलफल गरेको र ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकी सेनाको उपस्थिति स्मरण गराएको पनि उक्त समाचारमा भनिएको थियो । यो कुरालाई रुसले पूरै कपोकल्पित भनेको छ । उता, ट्रम्पको टोलीले पनि उनको निजी फोन कलबारे टिकाटिप्पणी नगर्ने भनेको छ ।
राष्ट्रपतीय निर्वाचनमा जितेपछि ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरा आएको थियो । यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि फोन गरेर ट्रम्पलाई विजयको शुभकामना दिएका थिए । ट्रम्पसँगको कुराकानीपछि जेलेन्स्कीले एक्समा पोस्टमा लेखेका थिए ।
फोन कलको समयमा ट्रम्पको साथमा अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पनि भएको जेलेन्स्कीले पोष्टमा उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण