रेफ्रीलाई मुक्का हान्ने क्लबका पूर्वअध्यक्षलाई साढे तीन वर्ष जेल सजाय !
काठमाडौँ । टर्कीको घरेलु लिगका क्रममा रेफ्रीमाथि मुक्का प्रहार गर्ने शीर्ष डिभिजनको एक क्लबका पूर्वअध्यक्षलाई जेल सजायको निर्णय सुनाइएको छ । अघिल्लो सिजनको घरेलु लिगका क्रममा एमकेई अंकारागुकुका पूर्वअध्यक्ष फारुक कोकाले रेफ्रीमाथि आक्रमण गरेका थिए ।
सोही घटनाको विषयमा टर्कीको एक अदालतले अहिले आफ्नो निर्णय सुनाएको हो । अदालतले पूर्वअध्यक्ष फारुक कोकालाई साढे तीन वर्षभन्दा बढीको जेल सजाय सुनाएको हो । अघिल्लो सिजनको एमकेई अंकारागुकु र केकुर रिजेस्पोरबिचको सुपर लिग खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
उक्त खेलमा रेफ्रीको भूमिकाबाट असन्तुष्ट बनेका अंकारागुकुका तात्कालिन अध्यक्ष फारुक कोकाले रेफ्री हलिल उमट मेलरको अनुमारमा मुक्का प्रहार गरेका थिए । त्यो विवाद पछि अदालतसम्म पुगेको थियो ।
अंकाराको अदालतले पूर्वअध्यक्ष फारुक कोकालाई ‘मनसायपूर्वक आक्रमण गरेको’ घटनामा दोषी ठहर गर्दै जेल सजाय तोकेको हो । अदालतले फारुक कोकालाई तीन वर्ष सात महिनाको जेल सजाय सुनाएको समाचारमा जनाइएको छ ।
सन् २०२३ को डिसेम्बरमा भएको त्यो घटनाले विश्व फुटबललाई नै स्तब्धः बनाएको थियो । फारुक कोकाको विश्वब्यापी रुपमा आलोचना भएको थियो । त्यो घटनापछि टर्की फुटबल महासंघले केही साताका लागि सबै लिग खेलहरु स्थगित गरेको थियो । घटना लगत्तै फारुक कोकाले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
यसका अतिरिक्त, अदालतले एमकेई अंकारागुकु क्लबबाट २० लाख टर्किस लिरा (करिब ४५ हजार युरो) जरिवाना तिराउने निर्णय पनि गरेको छ । पूर्वअध्यक्ष फारुक कोकाका अतिरिक्त घटनामा संलग्न रहेको आरोपमा अन्य तीन ब्यक्तिलाई पनि अदालतले जेल सजाय सुनाएको छ । अन्य तीन ब्यक्तिलाई भने एकदेखि पाँच वर्षसम्मको जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण