अयोध्याको राम मन्दिर बमले उडाइदिने धम्की, मुद्दा दर्ता
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रहेको राम मन्दिरलाई आरडीएक्सले उडाउने र त्यहाँ बाबरी मस्जिद बनाउने धम्की आएको छ । यस घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर रजनीशकुमार पाण्डेलाई अदालतले बोलाएको छ ।
कारागारमा थुनामा रहेका अभियुक्त मोहम्मद अमानको धरौटी निवेदनको सुनुवाइका क्रममा सोमबार अपर सत्र न्यायाधीश तृतीय अशोककुमार दुबेले यस्तो आदेश दिएका हुन् ।
अदालतले घटनाको अनुसन्धान गरिरहेका प्रहरी नायब निरीक्षक रजनीशकुमार पाण्डेलाई नोभेम्बर ११ गते केसकोमूल डायरी र सबै फारमसहित अदालतमा हाजिर हुन आदेश दिएको थियो । अभियोजन पक्षका अनुसार सन् २०२४ को अगस्ट २२ को बेलुका ६ बजे श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको हेल्प डेस्कको नम्बरमा व्हाट्सएपबाट धम्कीपूर्ण सन्देश आएको थियो ।
चार हजार किलो आरडीएक्सले उडाइदिने धम्की
उर्दू भाषामा लेखिएको सन्देशमा चार हजार किलो आरडीएक्ससहित रामजन्मभूमि मन्दिर भत्काउने धम्की दिइएको थियो । ट्रष्टका सिए चन्दनकुमार राईको निवेदनमा रामजन्मभूमि प्रहरी चौकीमा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो । घटनाको अनुसन्धानका क्रममा बिहार प्रान्तको भागलपुर जिल्लाको बाबरगञ्ज निवासी मोहम्मद अमानको नाम बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण