सरकार मोबाइल बोक्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डरायो‚ अब जागौँ : रास्वपा
मङ्गलबार, २७ कात्तिक २०८१, १३ : ०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार सभापति रवि लामिछानेसँग मात्र नभई हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डराएको आरोप लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापतिद्वय डिपी अर्याल‚ स्वर्णिम वाग्ले र कार्यवहाक प्रवक्ता मनिष झाले सोमबार पोखरा पुगेर हिरासतमै सभापति रवि लामिछानेलाई भेटे पश्चात् मंगलबार एक सन्देश जारी गरेका छन् । सन्देशमा उनीहरूले सरकार वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको र मक्किएको उल्लेख गरेका छन् ।
साथै सन्देशमार्फत रास्वपाले आम जनतालाई गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाउन अनुरोध गरेको छ । साथै‚ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा राज्यसत्तालाई खबरदारी गर्न अनुरोध समेत गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण