१५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
प्रमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी मङ्सिर ६ गते स्वदेश फर्कनेछ । प्रमण्डललाई रक्षामन्त्री मानवीर राई, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा