१५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
प्रमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी मङ्सिर ६ गते स्वदेश फर्कनेछ । प्रमण्डललाई रक्षामन्त्री मानवीर राई, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण