दुई कारोबार दिनपछि सामान्य अंकले घट्यो सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई कारोबार दिनपछि आज (मंगलबार) सामान्य अंकले घटेको छ । आइतबार र सोमबार बढेको बजार मंगलबार ११.२४ अंकले घटेको हो ।
मंगलबार परिसूचक २७४९ बिन्दुमा पुगेपछि कारोबार बन्द भएको छ । ८० कम्पनीको सेयर बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने मंगलबार स्थिर रह्यो ।
मंगलबार गुराँस लघुवित्त, मेन्छियम हाइड्रपावर लगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ अंकले घटेको छ । कारोबार रकमका हिसाबले भने गुडविल फाइनान्स शीर्ष स्थानमा रह्यो । यसको २९ करोड २८ लाख ६१ हजार मूल्यको सेयर खरिद बिक्री भएको छ ।
मंगलबार कुल ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक १.१२ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण