जाजरकोटमा गाडी ठोक्किँदा तीन जना घाइते
मङ्गलबार, २७ कात्तिक २०८१, १६ : ०७
सुर्खेत । जाजरकोटमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् । मंगलबार दिउँसो दुईवटा गाडी एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
भेरी नगरपालिका कुदुस्थित रातामाटा नजिकै बोलेरो र फोर्स गाडी एकआपसमा ठोकिएका हुन् । नेपालगञ्जदेखि जाजरकोट सदरमुकाम खलङ्गा जाँदै गरेको लु२ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु१च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण