जाजरकोटमा गाडी ठोक्किँदा तीन जना घाइते
मङ्गलबार, २७ कात्तिक २०८१, १६ : ०७

सुर्खेत । जाजरकोटमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् । मंगलबार दिउँसो दुईवटा गाडी एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
भेरी नगरपालिका कुदुस्थित रातामाटा नजिकै बोलेरो र फोर्स गाडी एकआपसमा ठोकिएका हुन् । नेपालगञ्जदेखि जाजरकोट सदरमुकाम खलङ्गा जाँदै गरेको लु२ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु१च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?