प्रधानमन्त्री कार्यालयले माग्यो वैदेशिक अध्ययन र तालिममा गएका कर्मचारीको विवरण
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चालु आर्थिक वर्ष वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीको विवरण माग गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मागे बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयसँग त्यस्ता कर्मचारीको विवरण दुई दिनभित्र पठाउन सूचना जारी गरेको छ ।
मंगलबार मन्त्रालयले जारी गरेको सूचनामा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट नेपाल सरकारका विभिन्न निकायमा मनोनयन भइ वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीको माग भइ आएकोले’ भन्दै सम्बन्धित मन्त्रालय, आयोग र सचिवालयलाई त्यस्ता कर्मचारीको विवरण दुई दिनभित्र पठाउन भनिएको छ ।
सामान्य प्रशासन मन्त्रालयको सूचना अनुसार सबै मन्त्रालय, आयोग र सचिवालयले विदेश भ्रमणमा रहेका कर्मचारीको नाम, थर, कार्यरत निकाय, भ्रमणको उद्देश्य वा विषय, भ्रमण गरेको वा गर्ने देश, भ्रमण अवधिसहितको विवरण खुलाएर पठाउनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण