साढे २ करोड जरिवाना तोकिएका दिव्य श्रेष्ठ पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, १७ : ०८
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा २ करोड ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय दिव्य श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
रामबहादुर थिङले दिएको जाहेरीअनुसार सरकार प्रतिवादी भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई साढे २ करोड जरिवाना र पीडितलाई थप साढे २ करोड बिगो भराउने फैसला गरेको थियो ।
२०८० असार ३ मा फैसला भएपछि प्रतिवादी श्रेष्ठ फरार थिए । उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण