वरुणको ‘बेबी जोन’मा सलमानको इन्ट्री
नयाँ दिल्ली । बलिउड स्टार वरुण धवन यसै वर्ष आफ्नो एक्सन फिल्म ‘बेबी जोन’को साथमा ठुलो पर्दामा फर्किँदै छन् । पछिल्ला केही दिनदेखि फिल्ममा सलमान खानको क्यामियो हुने चर्चा चलिरहेको थियो ।
यसअघि भाइजानले ‘सिङ्गम अगेन’मा पनि केमियो गरेका थिए । यसैबिच वरुण धवनले सलमान खानका फ्यानका लागि खुसीको खबर ल्याएका छन् । ‘बेबी जोन’मा सलमान खानको जबरजस्त क्यामियो हुने धवनले स्पष्ट पारेका छन् । सामाजिक संजालमार्फत फ्यानहरुलाई उनले यो जानकारी दिएका हुन् ।
वरुण धवनले गए राति माइक्रो ब्लगिङ वेबसाइट एक्समा ‘आस्क मि एनिथिङ’ सेसन राखेका थिए । यस क्रममा फ्यानले उनलाई फिल्म ‘बेबी जोन’बारे कयौँ प्रश्न सोधे । एक प्रयोगकर्ताले फिल्ममा सलमान खानको क्यामियोलाई लिएर प्रश्न उठाएका थिए ।
फ्यानले वरुण धवनलाई ‘बेबी जोनमा भाइ (सलमान खान)को क्यामियो कति मिनेटको छ’ भनेर सोधेका थिए । यसको उत्तरमा अभिनेताले ‘मिनेट त भन्दिन, तर प्रभाव भने धेरै महिनासम्म रहनेछ,’ भनेका थिए । उनको यो जवाफ सुनेर फ्यानहरू निकै खुसी भएका थिए ।
कहिले आउँला फिल्मको ट्रेलर ?
अर्का एक फ्यानले बेबी जोनको ट्रेलर कहिले आउँछ भनेर सोधे । यसको जवाफमा वरुण धवनले ट्रेलर आउन अझै समय लाग्ने र फिल्म डिसेम्बर २५ मा रिलिज हुने बताएका थिए । यो वरुण धवनको करियरको पहिलो फुल एक्सन फिल्म हुनेछ । यसलाई एट्लीले बनाएका हुन् । फिल्ममा बलिउड अभिनेता ज्याकी श्राफ खलनायकको भूमिकामा देखिनेछन् । फिल्ममा कीर्ति सुरेश, वामिका गब्बी र राजपाल यादवको पनि अभिनय रहेको छ ।
जाह्नवी कपूरसँग रोमान्स गर्नेछन् वरुण धवन
‘बेबी जोन’ बाहेक वरुण धवनको हातमा यतिबेला ‘सनी संस्कारी की तुलसी कुमारी’ पनि छ । शशांक खेतानको दुल्हनिया सिरिजको यो तेस्रो फिल्म हुनेछ । यसको अघिल्ला सिरिज ‘हम्प्टी शर्मा की दुल्हनिया’ र ‘बद्रीनाथ की दुल्हनिया’मा आलिया भट्ट नायिका थिइन् । नायक भने वरुण धवन थिए । कमाईको हिसाबले दुवै चलचित्र सफल हुन् । अब ‘सनी संस्कार की तुलसी कुमारी’ वरुणको जोडी जान्हवी कपूरसँग हुनेछ । यो फिल्म सन् २०२५ को अप्रिलमा सिनेमाघरमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म