लगातार दुई निर्णय हुँदा पनि कुलमानले किन जोडेनन् उद्योगको लाइन ?
काठमाडौँ । लगातार दुई निर्णय हुँदा पनि नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङले उद्योगको लाइन जोडेका छैनन् । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा काटिएका उद्योगहरूमा मंगलबार साँझसम्म पनि उनले लाइन जोडेका छैनन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले मंगलबार लाइन जोड्ने निर्णय गरेको थियो ।
त्यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले लाइन जोड्न निर्णय गरेको ४८ घण्टा बित्दासमेत उद्योगहरूमा लाइन जोडिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बिस्तारै सबै उद्योगमा लाइन जोडिने बताएका छन् । उनले भने, ‘गृहकार्य गरिरहेका छौँ । बिस्तारै सबै उद्योगमा लाइन जडान हुन्छ । अहिले भारतीय बजारमा गरिएको बिडलाई पनि ध्यान दिनुपर्छ ।’
प्राधिकरणले नेपालमा प्रयोग भएर बचेको विद्युत् भारतलाई बेच्दै आएको छ । भारतीय बजारमा पठाउने बिजुली अघिल्लो दिन नै बिड गर्नुपर्छ । काटिएका उद्योगमा करिब २०० मेगावाट विद्युत् उपयोग हुने प्राधिकरणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण