ट्रम्पद्वारा इजरायलका लागि नयाँ राजदूत नियुक्त, वाल्ट्ज बने राष्ट्रिय सुरक्षा सल्लाहकार
वासिङ्टन । डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन्। त्यस्तै माइक हकाबीलाई इजरायलको राजदूतमा नियुक्त गरिएको छ ।
५० वर्षीय माइक वाल्ट्ज फ्लोरिडा कंग्रेस सदस्य हुन्। उनी पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पलाई समर्थन गर्दै आएका छन्।
नियुक्ति पछि, वाल्ट्जले एक्समा लेखे, ‘राष्ट्रपति ट्रम्पको क्याबिनेटमा सामेल हुन पाउँदा मैले धेरै सम्मानित महसुस छु। हाम्रो देशको मूल्यमान्यता, यसको स्वतन्त्रता र हरेक अमेरिकीको रक्षा गर्नुभन्दा ठुलो कर्तव्य अरू केही छैन।’
यता माइक हकाबी पछिल्लो १३ वर्षमा इजरायलमा पदमा नियुक्त हुने पहिलो गैर-यहूदी हुन्। ६९ वर्षीय हुकाबीले लामो समयदेखि इजरायललाई समर्थन गर्दै आएका छन् ।
यसबाहेक ट्रम्पले क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको प्रमुखमा चयन गरेका छन् । नोएम दक्षिण डकोटाकी गभर्नर हुन्। उनी लामो समयदेखि ट्रम्पको सहयोगी थिइन् र चुनावी अभियानमा ट्रम्पको पक्षमा प्रचारप्रसार गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण