भैरहवामा भित्र रविको बयान, बाहिर रास्वपाको प्रदर्शन (तस्बिरहरू)
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ ।
भैरहवाको लुम्बिनी रोडबाट रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन् । आज बुद्धचोकमा कोणसभा गर्ने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले बताए ।
पार्टीले हिजो पनि सोही ठाउँमा विरोध सभा गरेको थियो । बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।
_drL115I6Zm.jpg)
_4Rlk5S1Pv2.jpg)
_DoML1etKQk.jpg)
_gs8nP6PWqX.jpg)
_WQ9VT34PKI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण