उद्योगीले नतिर्दा सर्वसाधारणले पनि बिजुलीको बिल तिर्न छाडे : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताएका छन् । ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनको भनाइ छ ।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले अहिले महिनामा १०÷११ अर्ब उठ्नुपर्ने रकम ८/९ अर्ब मात्रै उठ्न थालेको बताए ।
उनले भने, ‘ठुला उद्योगीले तिर्नु नपर्ने हामीले मात्रै तिर्नुपर्ने भन्न थाल्नुभयो उहाँहरूले, यसले त प्राधिकरणलाई नोक्सान गर्यो नि ।’
घिसिङले प्राधिकरणको वित्तीय अवस्था कमजोर बनाउन बक्यौतामा विवाद झिकिरहेको बताए । तर, ७ वर्षअघिको बिल नउठ्दैमा कसरी प्राधिकरण धराशायी हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘महिनामै २/३ अर्ब बिल कम उठ्न थालेपछि त समस्या भयो नि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण