जुवातास खेलिरहेका ७ जना पोखराबाट पक्राउ
बुधबार, २८ कात्तिक २०८१, १८ : ३७
पोखरा । पोखराबाट जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अमरदीपमा गौमाया गुरुङले आफ्नै घरमा जुवा खेलाएकी प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा १ लाख १२ हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट २ सय १२ पत्ति तास समेत बरामद भएको छ ।
पक्राउ पर्नेमा गौमायासहित स्थानीय कृष्ण गुरुङ, पोखरा ८ का गौमान गुरुङ, दीपकै जुनिता भट्टचन, पोखरा ८ की रुपा गुरुङ, पोखरा १३ का हेमजार गुरुङ र पोखरा २७ का बुद्धि बहादुर गुरुङ छन् । उनीहरूलाई १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण