झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, भुजेल पक्राउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीले ज्यान गुमाएका हुन् ।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने बा.१९ च २६९५ नम्बरको गाडी धनी झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । ३५ वर्षीय भुजेल बुधबार मध्यान्ह दुर्घटना भएपछि फरार भएका थिए । सो गाडी उनले नै चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
उनको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण