१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ । आइतबार परिसूचक २७३८ बिन्दुमा थियो । सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो । मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो । बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो । बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।
बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण