समाचार
भैरहवाको आकाशमा थाई एयर एसिया करिब १ घण्टा होल्ड
बिहीबार, २९ कात्तिक २०८१, १६ : ०२
बुटवल । थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयर एसियाको विमान आकाशमा होल्ड भएको हो ।
गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए ।
सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाई एयर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले रातोपाटीलाई बताए । उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयर एसियाको विमान अवतरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण