प्रकाश भुजेललाई अदालतबाट ५ दिन म्याद थप
काठमाडौँ । झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले सवारी ज्यान सम्बन्धी कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट नारायण नगरकोटीको मृत्यु भएको थियो । कागेश्वरी नगरपालिका–२ घर भएका नगरकोटीकी पत्नी किसानुमाया गम्भीर घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार हुँदैछ ।
झाँक्रीले चलाएको बा१९च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटीका दुईजना बच्चा छन् । घाइतेको उपचार र क्षतिपूर्तिबारे पीडित पक्ष र झाँक्रीको तर्फबाट छलफल भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी वृत्त बौद्धका एकजना अधिकृत भन्छन्, ‘क्षतिपूर्तिबारे छलफल हुँदैछ ।’
झाँक्रीको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेपछि प्रहरीले यातायात व्यवस्था विभागबाट उनको सवारी चालक अनुमति पत्रको प्रतिलिपि झिकाएको छ । झाँक्रीको लाइसेन्स यातायातबाट मगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण