प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्वता देखाउन नसकेको आरोप लगाएका हुन् ।
द हिन्दुसँगको अन्तरवार्तामा प्रचण्डले भने, ‘पहिले चीन जानु भनेको प्रधानमन्त्री ओलीले देखाएको अपरिपक्वताको प्रमाण हो । सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले दुई छिमेकीसँगको सम्बन्धलाई मिलाएर जानुपर्छ भनेर निर्देशित गर्छ । उहाँले चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्छ । यो हुनु हुँदैन थियो ।’
उनले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि दाबी गरे । आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको र विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षरसमेत भएको स्मरण गराए ।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा जाँदा पनि प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकरसँग छलफल भएको जानकारी दिए । यसले दुई देशको राष्ट्रिय चासोका आधारमा बलियो सम्बन्ध स्थापना भएको प्रचण्डको जिकिर थियो । ‘मेरो सरकार ढलेपछि नेपालमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ,’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण