रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : डोनाल्ड ट्रम्प
वासिङटन डीसी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे प्रतिक्रिया दिएका छन् । आफ्नो प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यमा ध्यान दिने उनले बताएका छन् ।
साथै उनले यस युद्धमा अहिलेसम्म ज्यान गुमाएकाहरूप्रति पनि दुःख व्यक्त गरेका छन् । आफ्नो प्रशासनले पश्चिम एसियामा शान्ति स्थापना गर्न पनि काम गर्ने ट्रम्पले बताएका छन् ।
‘हामी मध्यपूर्व र रुस–युक्रेनको युद्धमा डटेर काम गरिरहेका छौँ । यसलाई रोक्नै पर्छ,’ बिहीबार मार–ए–लागो इस्टेटमा अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युटको लागि आयोजित एक कार्यक्रममा ट्रम्पले भने ।
राष्ट्रपति चुनाव जितेपछि उनको यो पहिलो भाषण थियो । ‘रुस–युक्रेन रोकिनै पर्छ । मैले आज एउटा समाचार पढेँ, पछिल्ला तीन दिनमा हजारौँ मानिस मरेका छन् । सैनिक होस् वा आम जनता, हामी तिनीहरूको लागि काम गर्नेछौँ ।’ उनले भने ।
युद्धको अन्त्य ट्रम्पको प्राथमिकता
ट्रम्पले सधैँ युद्ध अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन् । ट्रम्प राष्ट्रपति हुँदा उनको उपसहायक रहेका र सन् २०१७ देखि सन् २०२१ सम्म दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्को वरिष्ठ निर्देशकको रूपमा काम गरेका लिसा कर्टिसले युक्रेनको युद्ध तत्काल न्तइ हुनुपर्ने बताएकी छ ।
उनले भनेकी छन्– ‘युक्रेनको युद्धलाई यसरी अन्त्य गर्न आवश्यक छ, जसमा अन्य देशहरूलाई आफ्ना छिमेकीहरूमाथि अवैध रूपमा हमला गर्ने प्रोत्साहन नमिलोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण