अनुमति नलिइ बँदेल पाल्ने दुई जना पक्राउ
शुक्रबार, ३० कात्तिक २०८१, १५ : ५५
चितवन । जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिइ पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले बताए ।
पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण