ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै क्यारोलिन
वासिङ्टन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाउने घोषणा गरेका छन् । ट्रम्पको चुनावी अभियानकी प्रवक्ताका रूपमा काम गरेकी २७ वर्षीया क्यारोलिन अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी प्रेस सेक्रेटरी बन्ने भएकी हुन् ।
ट्रम्पको पहिलो कार्यकालमा पनि उनले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन् । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै अमेरिकी जनतालाई आफ्नो सन्देश प्रवाह गर्नका लागि क्यारोलिन सफल हुने आशा व्यक्त गरे । ‘क्यारोलिन स्मार्ट र सशक्त छिन् । उनले आफूलाई प्रभावकारी सञ्चारकका रूपमा प्रमाणित गरिसकेकी छन्,’ ट्रम्पले भनेका छन् ।
न्यु ह्याम्पसायरकी बासिन्दा रहेकी क्यारोलिनले आफ्नो गृह राज्यमा रहेको सेन्ट एनसेलम कलेजमा सञ्चार र राजनीतिशास्त्र अध्ययन गरेकी छन् । उनले फक्स न्युज र ट्रम्पको ह्वाइट हाउस प्रेस अफिसमा प्रशिक्षार्थीका रूपमा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण