हेटौँडा उपमहानगरपालिका– १२ को अध्यक्षमा राप्रपाका भ्लोनले गरे मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २०

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राप्रपाले मनोनयन दर्ता गरेको छ । एक अध्यक्ष पदका लागि राप्रपाका प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेका हुन् ।
सङ्घीय संसद्का पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहको उपस्थितिमा भ्लोनले मनोनयन दर्ता गरेका हुन् । उनले तिलकबहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
हेटौँडा–१२ मा गत २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत पाएका थिए ।