सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । ५ अंकले बजार बढ्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ ।
आइतबार कुल २ करोड ४४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । आइतबार १४५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९२ कम्पनीका लगानीकर्ताले भने मूल्य घटेका कारण गुमाएका छन् । आइतबार ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार होटल तथा पर्यटनका कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक २.२१ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त उपसमूहको सूचकमा पनि १.२८ प्रतिशतको वृद्धि देखियो ।
कारोबार रकमका हिसाबले आइतबार नाग्दी पावर शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर
-
रामेछापमा फौजी कीराको प्रकोप