भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गरिने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने भएको छ। श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा बसेको बैठकले अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो।
छलफलका क्रममा अध्यागमन विभागका महानिर्देशक, वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख, अध्यागमन कार्यालय प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहभागिता रहेको थियो।
छलफलपछि भिजिट भिजिट भिसाको दुरुपयोग रोक्ने सम्बन्धमा १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने निर्णय गरिएको हो। महाशाखा प्रमुख जीवलाल भुसालको संयोजकत्वमा अध्ययन गर्ने समितिमा अध्यागमन विभाग, गृह मन्त्रालय लगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहनेछन्।
भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ। जसले गर्दा श्रमिकहरू विभिन्न समस्याको सामना गर्दै आएका छन्। यो क्षेत्रमा देखिएका समस्या र यसको समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरिएको हो।
हाल महिलालाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध छ। प्रतिबन्धकाबीच महिलाहरू भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा जाने गरेका छन्। भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग म्यानपावर व्यवसायीहरूले उठान गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण