जाली हो कपिल शर्माको कमेडी शो ?
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माको शो ‘ग्रेट इन्डियन कपिल शो’का निर्माताविरुद्ध उजुरी परेको छ । यसैबिच रणवीर कपूरको फिल्म ब्रह्मास्त्रका अभिनेता सौरभ गुर्जरले उक्त शोलाई फेक अर्थात् जाली भनेका छन् ।
केही समयअघि शोमा सौरभ गुर्जरसँग सम्बन्धित फोटोका केही कमेन्ट पढिएको थियो । यसले आफूलाई दुखित बनाएको उनले भनेका छन् । शो मा उक्त पोस्टका भनेर पढिएका सबै कमेन्टहरू नक्कली भएको उनले बताएका छन् । शोमा एउटा सेग्मेन्टमा अतिथिहरूले सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्बिरका रमाइला कमेन्ट पढेर सुनाइन्छ ।
केही महिनाअघि रणवीर कपूर फिल्म ‘तु झुठी मैं मक्कार’ को प्रमोशन गर्न कपिल शर्माको शोमा पुगेका थिए । शो को एक सेगमेन्टमा सेलेब्सका सामाजिक सञ्जाल पोस्टहरूमा हास्यास्पद टिप्पणी पढिन्छन् ।
यस खण्डको लागि, कपिलले रणवीरको फोटोको कमेन्ट पढेका थिए, जसमा अभिनेता सौरभ गुर्जरले उनलाई बोकिरहेका थिए । कपिलले त्यो पोस्टमा एउटा कमेन्ट पढे- ‘यस्तो लाग्छ रणवीरले नयाँ कार बीएमडब्लू किनेका छन् ।’ यो सुनेर सबै जना हाँसेका थिए । सौरभ गुर्जरलाई यो कमेन्टले चोट पुर्यायो ।
‘मलाई शो मा देखाइएका तस्बिर र कमेन्टहरू वास्तविक हुन् भन्ने लाग्थ्यो । एउटा तस्बिर मेरो र रणवीरको थियो । केही कमेन्ट यस्ता थिए जुन मलाई राम्रो लागेनन् । मेरो व्यक्तित्वबारे टिप्पणी गरियो । जब मैले यो कुरा थाहा पाए फोटोका कमेन्ट हेरे । तर कतै पनि त्यो कमेन्ट थिएन ।’
हालै ‘द रश’ पोडकास्टमा सौरभ गुर्जरले भनेका थिए । आफूले कपिलको शोलाई यो गुनासो भनेपछि उनीहरूले उल्टै आफ्नो टिका टिप्पणी गर्न थालेको पनि उनले बताए । शोमा आफूबारे गरिएको कमेन्ट जाली हो भन्ने थाहा पाएपछि आफूलाई नराम्रो लागेको पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण