दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक
आइतबार, ०२ मङ्सिर २०८१, २२ : २०

काठमाडौँ । सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।
कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो । आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् । कान्छो छोरा निमेष लण्डनमा रहेकाले उनी आएपछि मात्र सोमबार उनको अन्त्येष्टि गरिने जनाइएको छ । स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
तरुण दलको महाधिवेशन पार्टीको निगरानीमा मङ्सिरमा गर्ने कार्यतालिका
-
चिनीको चक्रव्यूह : के चिनी साँच्चै विष हो ?
-
सुन व्यवसायीलाई उपभोक्ता अधिकारकर्मीको साथ, १० किलो आयात हुँदा १०० किलो कहाँबाट आयो ?
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू