अल्लु अर्जुन बने सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता
मुम्बई । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ छिट्टै रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ निकै चर्चा चलिरहेको छ । डिसेम्बरको पहिलो साताबाट दर्शकले चलचित्रको मज्जा लिन सक्नेछन् ।
यो वर्षको सबैभन्दा चर्चामा रहेको चलचित्र बनेको छ । यो फिल्म ठूलो बजेटमा बनेको हो जसका लागि कलाकारले चर्को पारिश्रमिक पनि लिएका छन् ।
ट्र्याक टलिउडको रिपोर्ट अनुसार अल्लु अर्जुनले धेरै फिल्मको कूल कलेक्सनलाई उछिन्दै एउटा फिल्मको लागि ३०० करोड भारु शुल्क लिएका छन् । उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय कलाकारको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । यो सूचीमा उनले रजनीकान्त र शाहरुख खानजस्ता सबैभन्दा धेरै कमाउने सुपरस्टारलाई पनि पछि पारेका छन् ।
सूचीमा दोस्रो स्थानमा परेका अभिनेताको नाम थलापथी विजय हो । रिपोर्टलाई विश्वास गर्ने हो भने विजयले आफ्नो अन्तिम फिल्मका लागि २७५ करोड भारु लिएका थिए । तेस्रो नम्बरमा किंग खानको नाम छ । शाहरुख खानले एउटा फिल्मका लागि २५० करोड पारिश्रमिक लिने गरेका छन् । चौथो स्थानमा रजनीकान्त छन् जसको पारिश्रमिक १२५ देखि २७० करोड भारु रहेको छ ।
सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २’ आगामी डिसेम्बर ४ बाट हलमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भइसकेको । फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्दाना र फहद फासिल पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण