दर्शकसँगै प्रदीप रावतले हेरे ‘ह्रस्व दीर्घ’
काठमाडौंँ । भारतीय कलाकार प्रदीप रावत र श्रीमती कल्याणी (साउथ अभिनेत्री) ले फिल्म ‘ह्रस्व दीर्घ’ हेरेका छन् । उनीहरुले शुक्रबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा फिल्म हेरेका हुन् ।
रेगुलर शोमा फिल्म हेर्दै उनले दर्शकसँग साक्षत्कार समेत गरेका छन् । फिल्मका दर्शकसँग साक्षात्कार गर्ने र फिल्मको प्रतिक्रिया लिने भनेर उनी आइतबार साँझ काठमाडौँ आइपुगेका हुन् ।
४ दिने भ्रमणमा नेपाल आएका उनले सोमबार बिहान पशुपतिको दर्शन समेत गरेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ मा प्रदीपले अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन् ।
फिल्मले सुरुवाती ब्यवसाय राम्रो गरेपछि उनी नेपाली दर्शकसँग भेट गर्न नेपाल आएका हुन् । नेपाल बसाईको क्रममा विभिन्न हल पुगेर दर्शकसँग फिल्म हेर्न योजना उनको छ ।
प्रदीप यसअघि फिल्मको छायाङ्कनका लागि गत पुषमा नेपाल आएका थिए । यसमा उनको महत्वपूर्ण भूमिका छ । फिल्ममा प्रदीपलाई देवधामको आदर्श पात्रको रुपमा चित्रित गरिएको छ ।
प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, कन्नड, बंगाली, भोजपुरी लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए ।
फिल्मले शुक्रबार र शनिबार २ करोड ग्रस व्यापार गरेको छ । आइतबारको ब्यवसाय आउन बाँकी रेरहेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण