कलाकारितासँगै व्यवसायमा गायिकाद्वय विष्णु र सुशीला
काठमाडौँ । कलाकारितासँगै गायिकाद्वय विष्णु सुनुवार र सुशीला थापा मगरले व्यवसायमा हात हालेका छन् । उनीहरूले दाङको घोराहीमा सोमबारदेखि ‘झोर्ले दोहोरी साँझ’ सञ्चालनमा ल्याएका हुन् ।
पारिवारिक वातावरणमा दाङ र आसपासका क्षेत्रका लोकदोहोरी गीत प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यका साथ आफूहरूले व्यवसाय सुरु गरेको विष्णुले बताइन् । स्थानीय सहिद गेटदेखि थोरै भित्र नवील बैंक रहेको भवनमा दोहोरी साँझ सञ्चालन रहेको भन्दै उनले लगानीमा आफू र सुशीलसहित अन्य दुई जना पनि रहेको उनले बताइन् । व्यवसाय सुरु गर्नका लागि करिब ६५ लाख खर्च भएको बताउँदै उनले आफ्नो व्यक्तिगत लोकसंगीत पनि साथमा लैजाने योजना रहेको सुनाइन् ।

विष्णुले अहिलेसम्म २२ वटा गीत निकालिसकेकी छन् भने ‘भैँसी गोठैमा, पोहोर परार कोरोनाले निस्कन पाइएन’सहितका राम्रो गीत चलेको बताइन् । लाइभ दोहोरीमा पनि जमेका उनीहरूले दाङमा सम्भावना देखेर लगानी गरेको बताए ।
यस्तै सुशीलाले पनि लाइभ दोहोरीबाहेक एक दर्जन भन्दा पनि गीतमा स्वर भरेकी छन् । त्यसमा केही गीत चलेको उनको भनाइ छ । उनका अनुसार दोहोरी साँझमा ३० जनालाई रोजगारी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण