पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएशिया क्वार्टरफाइनलमा
एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले दोस्रो पल्ट बराबरीमा चित्त बुझाउनु परेको छ । अहिलेसम्म अपराजित रहेको पोर्चुगलको यो दोस्रो बराबरी हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमै जोआओ फेलिक्सले गोल गरे पनि पछि निर्धारित समयमा ५ मिनेट थप गर्दा पनि कसैले गोल गर्न सकेनन् ।
घरेलु मैदानमा क्रोएशियाका लागि दोस्रो आधी (हाफ)पछि ओस्को ग्वार्डियोलले के जाकिकको सहायतामा गोल फर्काएका थिए । जुन गोलले क्रोएशियालाई क्वार्टरफाइनलका लागि सुरक्षित गरेको छ ।
समूहमा १४ अंकसहित पोर्चुगल शीर्षस्थानमा छ भने क्रोएशिया ८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्याण्डले समेत पोल्याण्डलाई हराउँदै रेलिगेसनको लाइफलाइन खोसेको छ। पोल्याण्डविरुद्धको संघर्षपूर्ण जितसँगै स्कटल्याण्डले आफुलाई रेलिगेशन क्षेत्रबाट माथि उठाएको हो । सोमबार राती भएको खेलमा स्कटल्याण्डले पोल्याण्डलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले हरायो । जसले अंक बढाए पनि गोल अन्तरमा स्कटल्याण्डको हैसियत ऋणात्मक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण