हङकङको अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई सुनायो सजाय
मङ्गलबार, ०४ मङ्सिर २०८१, ११ : १६
हङकङ । हङकङको एक अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ । यी लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानुनको विरुद्धमा उत्रिएका थिए ।
अदालतले प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष सजाय सुनाएको छ । जोसुवा वोङलाई पनि चार वर्षभन्दा बढी जेल सजाय सुनाइएको छ । अदालतले ४७ जना कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
अमेरिकाले यस फैसलालाई राजनीतिबाट प्रेरित भनेको छ । चीन र हङकङले भने कानुन र स्थिरताका लागि यो आवश्यक भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण