नेपाली कलाकार हुँदा गर्व गर्छुः प्रदीप रावत
काठमाडौँ । भारतीय अभिनेता प्रदीप रावतले नेपाली दर्शकको माया देख्दा निकै खुसी लागेको बताएका छन् ।
सोमबार कमलपोखरीस्थित बिग मुभिजमा ‘ह्रस्व दीर्घ’का दर्शकसँग साक्षात्कार गर्न पुगेका रावतले आफ्नो समेत फिल्म राम्रो चलेको देख्दा खुसी लागेको बताए ।
‘निर्माता निता ढुङ्गाना र हरिहर अधिकारीको मिहिनेत र त्यागलाई पशुपतिनाथले आशीर्वाद दिनु भएको छ । फिल्म एकदमै राम्रो चलिरहेको छ । म खुसी छु,’ उनले भने, ‘यो पारिवारिक फिल्म हो । यसमा कुनै झमेला छैन । म यही भन्छु कि फिल्म हेर्न पूरै परिवार लिएर आउनुस् ।’ उनले ‘ह्रस्व दीर्घ’ सानदार फिल्म बनेको समेत बताए ।
उनले नेपाली कलाकार बन्न पाउँदा गर्व समेत गरेका छन् । ‘नेपाल पनि पहाड नै छ । यसैले हाम्रो डीएनए मिल्छ । अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा ‘ह्रस्व दीर्घ’को निर्माण टिमलाई धन्यवाद’, उनले भने ।
प्रदीप फिल्मको दर्शक प्रतिक्रिया बुझ्न आइतबार श्रीमती कल्याणी रावतको साथमा काठमाडौँ आइपुगेका हुन् । उनको नेपाल बसाई चार दिनको रहनेछ । उनी बुधवार दर्शकसँग साक्षात्कार गर्न नेपालगन्ज जाने कार्यक्रम छ । उतैबाट उनी स्वदेश (भारत) फर्किने जनाइएको छ ।
यसअघि फिल्मको छायाङ्कनका लागि गत पुसमा नेपाल आएका उनले अभिनेत्रीद्वय निता ढुङ्गाना र गरिमा शर्माको बुबाको भूमिका निर्वाह गरेका छन् ।
प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, भोजपुरी लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनी दर्शकमाझ लोकप्रिय भने फिल्म ‘गजनी’को भिलेन भूमिकाबाट चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण