मस्कको स्पेसएक्सले इसरोको सञ्चार उपग्रहको गर्यो प्रक्षेपण
वासिङ्टन डीसी । अमेरिकी व्यापारी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले भारतको नयाँ सञ्चार उपग्रह जीस्याट–एन२को सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकाको केप क्यानाभेरलबाट स्पेशएक्सले उक्त उपग्रह लञ्च गरेको हो । ४ हजार ७०० केजी तौल भएको यो हाई थ्रूपुट स्याटलाइट (एचटीएस) फाल्कन ९ रकेटबाट लक्षित अर्बिटमा पुगेको इसरोको वाणिज्य इकाई न्यूस्पेस इन्डिया लिमिटेड (एनएसआईएल)ले भनेको छ ।
‘एनएसआईएलको जीस–एन२ (एचटीएस) सञ्चार उपग्रह अमेरिकाको केप क्यानाभरलबाट सन् २०२४ को नोभेम्बर १९ मा सफलतापूर्वक प्रक्षेपण गरिएको छ । जीस्याट–२ को तौल ४७०० किलोग्राम छ । यसलाई लक्षित कक्षामा पठाइएको छ र इसरोको माष्टर कन्ट्रोल फ्यासिलिटी अर्थात् एमसीएफले यसको कन्ट्रोल पनि आफ्नो हातमा लिइसकेको छ,’ आफ्नो एक्स ह्यान्डलमा एनएसआईएलले भनेको छ ।
प्रारम्भिक जानकारीमा उपग्रह राम्रो अवस्थामा रहेको देखिरहेको पनि एनएसआईएलले पोष्टमा भनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो उपग्रहले भारतभर ब्रोडब्यान्ड सेवामा सुधार त गर्छ नै उडानको समयमा इन्टरनेटको प्रयोगमा पनि सुधार गर्ने भनिएको छ । यो स्याटेलाइटले १४ वर्षसम्म काम गर्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण