सहकारी ठगी प्रकरण
छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, परिसरको हिरासतमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १९ : ४६
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनलाई परिसरकै हिरासतमा राखिएको बताए ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण