सहकारी ठगी प्रकरण
छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, परिसरको हिरासतमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १९ : ४६

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनलाई परिसरकै हिरासतमा राखिएको बताए ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
-
जापानमा खोज अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प